सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

आसिफ र कुशलको शतकीय साझेदारी, नेपालले दियो गुजरातलाई १८२ रनको लक्ष्य

एसिसी प्रिमियर कप र टि–२० विश्वकपको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय टिमले त्रिकोणात्मक टि–२० सिरिजको तेस्रो खेलमा गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ।

ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेलले अर्धशतक बनाएपछि नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनायो। १७औं ओभरसम्म २ सय रन पु¥याउने देखिएको नेपाल त्यसपछि २ ओभरमा लागतार ५ विकेट गुमाएपछि १८१ रनमै रोकियो।

नेपाललाई आसिफ र कुशलले उत्कृष्ट सुरुआत दिलाए। यी दुई पहिलो विकेटका लागि १२५ रनको साझेदारी गरे। आसिफले ५१ बलमा ८५ रन बनाउँदा कुशलले ४४ बलमा ६४ रन बनाए। यी दुईबाहेक अन्यले दोहोरो अंकमा स्कार बनाउन सकेनन्।

गुजराजका लागि जयमित पटेलले ३ तथा दरुसन्त सोनी र आर्य देसाईले समान २ विकेट लिए।

1.3Kशेयर