अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा नेपालले नयाँ जर्सी लगाउने भएको छ।
टी–२० विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) नयाँ डिजाइनजको जर्सी तयार गरेको छ। चाँडै नै औपचारिक कार्यक्रम गरेर जर्सी सार्वजनिक गर्ने तयारी क्यानको छ।
नयाँ जर्सीको सबभन्दा तल गैंडा र सगरमाथा हुनेछ। रातो, हल्का मधुरो र सेतो रंगमा हुनेछ। बीचको भाग नीलो भागमा नेपाल लेखिएको हुनेछ।
बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो हुनेछ। कलर अर्थात् घाँटीको भाग रातो रंगमा हुनेछ। दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा हुनेछ ।
जर्सी केल्मीले बनाएको हो।
टी–२० विश्वकपको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्डस् र नेपाल छन्। शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन्। नेपाल सन् २०१४ पछि पहिलो पटक टी–२० विश्वकप खेल्न लागोको हो।