सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

नेपाल एविरुद्ध आयरल्यन्ड्स वुभ्ल्सका डोहनीको शतक

एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्ड्स वुल्भ्सका स्टेफन डोहनीले शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टियू मैदानम जारी खेलमा डोहनीले नेपाल एविरुद्ध १२६ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै शतक प्रहार गरेका हुन्।

जारी एकदिवसीय सिरिजको यो पहिलो शतक हो। डोहनीको शतक मद्दतमा आयरल्यान्ड्स वुल्भ्सले ४६ औं ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा २४६ रन बनाएकको छ। यो सिरिजकै सबैभन्दा ठूलो स्कोर हो।

उसका लागि डोहनीबाहेक पिटर मा्रले २५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४४ रन बनाउँदा मोर्गन टोपिङले २१, फिओन हान्डले २० रन बनाए।

बलिङमा नेपालका रञ्जित कुमारले ३ तथा रिजन ढकालले २ विकेट लिए भने विकास अग्री र साहब आलमले समान १ विकेट लिए।

1.3Kशेयर