सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

डोहनीको शतकमा आयरल्यन्ड्स वुभ्ल्सले दियो २८५ रनको लक्ष्य

एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्ड्स वुल्भ्सले नेपाल एलाई २८५ रनको ठूलो लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड्स वुल्भ्सले स्टेफन डोहनीले शतक मद्दतमा निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २८४ रन बनायो।

उसका लागि यो टुरकै पहिलो शतक प्रहार गरेक डोहनीले १२९ बलमा ८ चौका २ छक्का प्रहार गर्दै १०७ रन बनाए। यस्तै, पिटर मा्रले २५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४४ रन बनाए।,

आयरल्यान्ड्स वुल्भ्सका तल्लोक्रमका ब्याट्सम्यानले राम्रो योगदान दिए। म्याथ्यु हम्फ्रेसले २३, मोर्गन टोपिङले २१, फिओन हान्डले २० र बेन ह्वाइटले १९ रन बनाए।

बलिङमा नेपालका रञ्जित कुमार र रिजन ढकालले समान ३ विकेट लिए। यस्तै, विकास अग्री र साहब आलमले समान १ विकेट लिए।

1.3Kशेयर