रोहितको अर्धशतकमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

7 Apr, 2024

भारतमा भइरेहको ‘एसएमएस फ्रेन्डसिप कप’ त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा ४ विकेटको क्षतिमा १७६ रन बनायो।

रोहितले ४७ बलमा ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाए। यस्तै, मोहम्मद आसिफ सेखले ३४ बलमा ३४ रन बनाउँदा कुशल मल्लले १४ बलमा ३१ रन बनाए। यस्तै, कशुल भुर्तेलले २१ बलमा १९को योगदान दिए।

बलिङमा गुजरातका जयमित पटेल, सेन पटेल, तेजश पटेल र जला युवराजैसिनले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]