आयरल्यान्ड्स वुल्भ्सविरुद्धको अन्तिम एकदिवसीय खेलमा युवा ओपर अर्जुन कुमालले अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा अर्जुनलले गाविन होइको बलमा चौका प्रहार गर्दै अर्धशतक बनाए।
अर्धशतक बनाउने क्रममा उनले ७५ बलमा ७ चौका प्रहार गरे। अर्जुनको अर्धशतक मद्दतमा २८५ रनको लक्ष्य पछ्याएको नेपाल एले २७ ओभरको समाप्तिमा विकेटको क्षतिमा १६० रन बनाएको छ।
अजुन कुमाल ९९ बलमा ७९ रन बनाएर खेलिरहेका छन् भने उनलाई नरेन भट्टले १५ रन बनाएर साथ दिइरहेका छन्। त्यसअघि अर्जुन कुमालले पहिलो विकेटका लागि अर्जुन साउदसँग ६८ र दोस्रो विकेटका लागि देव खनालसँग ५२ रनको साझेदारी गरेका थिए।
अर्जुन साउदले ३० बलमा ३४ रन बनाउँदा देव खनालले ११ रन बनाए।
बलिङमा आयरल्यान्ड्सका म्याथ्यु फोस्टर र बेन ह्वाइटले समान १ विकेट लिए।