छुम्बी लामा क्यानको केन्द्रिय सदस्यमा मनोनित

10 Apr, 2024

छुम्बी लामालाई नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा मन‍ोनित भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले लामालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ।

क्यानको विधानमा खेलकुद परिषदले २ जना केन्द्रीय कार्यसमितिमा मनोनयन गर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार राखेपले लामालाई केन्द्रिय सदस्य बनाएको हो।

लामालाई गत फागुन ११ मा राष्ट्रिय खेलकुद परिषदका संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले मनोनयनको पत्र दिएका थिए।

लामा क्यानको अघिल्लो कार्यसमितिमा पनि खेलकुद परिषदको तर्फबाट केन्द्रीय सदस्य मनोनित भएका थिए।

लामा २०६८ सालदेखि क्रिकेटमा सक्रिय छन्। उनले क्यानमा विभिन्न पदमा रहेका काम गरिसकेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]