नेपालको उत्कृष्ट बलिङ, वेस्टइन्डिज एले दियो १६१ रनको लक्ष्य

28 Apr, 2024

५ खेलको टि–२० सिरिजका दोस्रो खेलमा नेपाली बलरले उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन्। बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले वेस्टइन्डिज एलाई १६० रनमा रोकेको छ।

कीर्तिपुरस्थित टियू मैदान मा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ७ विकेटको क्षतिमा १६० रन बनायो। वेस्टइन्डिज एले अन्तिम २ ओभरमा ४१ रन बनाएपछि उसले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दियो।

उसका लागि आन्द्र फ्लेचरले सर्वाधिक ४३ रन बनाए। उनले ३६ बलमा ३ छक्का प्रहार गरे। यस्तै, गुडकेश मोतीले ८ बलमा २ चौका र ४ छक्का प्रहार गदैृ ३३ रन बनाए। उनले अन्तिम २ ओभरमा यो रन बनाएका हुन्।

यी दुईको अलावा कप्तान रोस्टन चेसले २२ बलमा २३, म्याथ्यु फोर्ड र जोन्सन चाल्सले समान ११ रनको योगदान दिए।

अन्तिम २ ओभरबाहेक नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे। त्यसमा पनि नेपाली स्पिनरको बलिङ उत्कृष्ट रह्यो । सागर ढकाल र कुशल मल्लले समान २ विकेट लिए। सागरले ४ ओभरमा १९ र कुशलले ४ ओभरमा २३ रन खर्चिए।

यस्तै, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]