क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि उच्च अदालत पाटनमा सुनुवाई शुरु भएको छ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा लामिछानेका कानुनव्यवसायीले वहश गरिरहेका छन्।
यसअघि मुद्दा हेर्न नमिल्ने भएकाले मंगलबारका लागि पेशी राखिएको थियो । यसअघि उच्च अदालतले पीडित भनिएकी गौशाला– २६ (छ) को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो।
काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध दायर बलात्कार मुद्दामा जबर्जस्ती करणी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरपछि उच्चमा पुनरावेदन दर्ता भएको हो।
तल्लो अदालतले पीडितलाई बालिग ठहर गरेको र लामिछानेलाई न्यूनतम सजाय तोकेको भन्दै सरकारी वकिल पनि उच्च अदालतमा गएको छ।