अष्ट्रेलियन क्रिकेटको बहुसांस्कृतिक दूत बने दुई नेपाली

31 May, 2024

अष्ट्रेलियाली क्रिकेटले दुई नेपालीलाई बहुसांस्कृतिक दूतमा चयन गरेको छ।

‘मल्टिकल्चरल एम्बासडर’ अर्थात् बहुसांस्कृतिक दूत कार्यक्रमअन्तर्गत विजय जोशी र अमित लोहनीलाई दूतका रुपमा चयन गरेको हो।

क्रिकेट डटकम एयुमा राखिएको मिडिया रिलिज अनुसार ५० जनाको समूह बनाई मल्टिकल्चरल एम्बेस्डर प्रोगाममा क्विन्सल्यान्डबाट लोहनी र दक्षिण अष्ट्रेलियाबाट जोशीलाई चयन गरिएको हो।

क्रिकेटलाई समावेशी र विविधता दिने उद्देश्यले बहुसांस्कृतिक दूत अवधारणा ल्याइएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

खेलाडी, व्यवसायी, राजनीतिज्ञ, पत्रकारलगायतका व्यक्ति दूतका रूपमा चयन गरिएको छ। दूतका रुपमा चयन भएका दुई नेपालीले क्रिकेट क्षेत्रमा पुर्याएको योगदानलाई मुख्य आधार बनाइएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]