टि–२० अलराउन्डरको वरियतामा दीपेन्द्र नवौं स्थानमा

12 Jun, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौं स्थानमा पुगेका छन्।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार दीपेन्द्र एक स्थान सुधार गर्दै नवौँ स्थानमा उक्लिएका हुन्।

अलराउन्डरतर्फ शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहँदा दोस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र तेस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा छन्।

टी–२० वरीयताको अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३५ औं, गुल्सन झा ६२औं, कप्तान रोहित पौडेल ६६औं र करण केसी ६९औं स्थानमा छन्।

ब्याटिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी ५२औं, रोहित पौडेल ५५औं र आसिफ शेख ९० औं स्थानमा छन् ।

भारतका सूर्यकुमार यादव शीर्ष स्थानमा यथावत् छन्। यस्तै इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन्।

टी–२० वरीयताको बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिद शीर्ष स्थानमा यथावत् रहँदा अफगानिस्तानका रशिद खान र दक्षिण अफ्रिकाका एनरिच नोर्टजे समान चार स्थान सुधार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा आइपुगेका छन्।

बलिङतर्फ नेपालका सोमपाल कामी ९९औं स्थानमा अटाएका छन्।