टि-२०को अलराउन्डर वरियतामा दीपेन्द्रको छलाङ, हार्दिक पाण्ड्यालाई पछि पार्दै छैठौ स्थानमा

19 Jun, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि–२० तर्फको अलराउन्डरको वरियतामा छलाङ मारेका छन्।

जारी विश्वकपमा गरेको प्रदर्शनका आधारमा दीपेन्द्र आईसिसीको नयाँ वरियतामा ३ स्थान सुधार गर्दै छैठौं स्थानमा आएका हुन्। यसअिघ उनी नवौं स्थानमा थिए।

यसक्रममा उनले भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई पनि पछि पारेका छन्। विश्वकपमा राम्रो बलिङ प्रदर्शन गरेका उनी १ स्थानमाथि उक्लँदै सातौं स्थानमा छन्।

यता, विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध कमालको बलिङ गरेका कुशल भुर्तेलले एकै पटक ४३ स्थान सुधार गरेका छन्। उनी ७०औं स्थानमा आइपुगेका छन्।

नेपालकै कुशल मल्लको भने वरियता एक स्थानले खस्किएको छ। उनी एक स्थान तल झर्दै ३६औं स्थानमा पुगेका छन्। कप्तान रोहित पौडेलले ११ स्थान सुधार गर्दै ५५ औं स्थानमा उक्लिएका छन्। ६ स्थान तल झरेका गुल्सन झा ६८औं स्थानमा छन्।

यता, अलराउन्डरतर्फ शीर्ष अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्ष स्थानमा उक्लिएका छन्। जारी विश्वकपमा बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि उनी शीर्ष स्थानमा उक्लिएका छन्।

श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो, बंगलादेशसका सकिब अल हसन तेस्रो र मोहम्मद नाबी चौथो, जिम्बाबेका सिकन्द राजा पाँचौं स्थानमा छन्।