गौतम गम्भीर बने भारतीय टिमको मुख्य प्रशिक्षक

10 Jul, 2024
Share:
117 Shares

पूर्व स्टार क्रिकेटर गौतम गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका छन्। ४२ वर्षीय गम्भीरले अब भारतीय टिममा राहुल द्रबिडको स्थान लिने छन्।

भारतलाई १७ वर्षपछि टि–२० विश्वकप उपाधि दिलाएसँगै द्रबिडले मुख्य प्रशिक्षक छाडेका थिए।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले गम्भीरसँग सन् २०२७को डिसेम्बरसम्मको सम्झौता गरेका छन्। गम्भीरको प्रशिक्षणमा भारतले अर्कोे वर्ष च्याम्पियन्स ट्रफी, त्यसपछि लागतार टि–२० र एकसिदवसीय विश्वकप खेल्नेछ।

गम्भीरसँग आईपिएल टिममा काम गरेको अनुभव छ। खेलाडीका रुपमा भारतलाई सन् २००७ को टि–२० र २०११ को एकदिवसीय विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका गम्भीरले यसै सिजन मेन्टरका रुपमा कोलकाता नाइट राइडर्सलाई उपाधि दिलाएका थिए।

खेलाडीका रुपमा सफल गम्भीरले यसै महिना हुने श्रीलंका भ्रमणबाट भारतीय टिममा आफ्नाे प्रशिक्षण यात्रा थाल्ने छन्। जहाँ भारतले टि–२० एकदिवसीय सिरिज खेल्नेछ।

गम्भीर ले भारतबाट ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टि२० आई खेल खेलेका छन्।