एसिसी महिला एसिया कपकाे पहिलाे खेलमा नेपालले युएईसँग खेल्दै

19 Jul, 2024
Share:
117 Shares

एसिसी महिला एसिया कप क्रिकेटमा आज नेपालले पहिलो खेल खेल्दैछ।

श्रीलङ्काको दाम्बुल्ला इन्टरनेशनल स्टेडियममा हुनेमा नेपालले युएईको सामाना गर्ने छ। खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो। ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो।

एक साताअघि श्रीलंका पुगेको नेपाली टिमले त्यहाँ केही अभ्यास खेल खेलेको थियो। प्रतियोगिताका लागि तयारी राम्रो भएकाले नेपाली टिम युएईलाई हराउँदै प्रतियोगितामा सुदख सुरुआत गर्न चाहन्छ।

नेपाली पुरुष टिमले विश्वकपमा गरेको प्रदर्शनले आफ्नो टिममा पनि उत्साह प्रदान गरेको कप्तान इन्दू बर्माले बताइन्। पुरुष टिमले जसरी टिम भावना, मानसिकता र मैदानमा जाँदा सकारात्मक सोचका साथ गए भारत र पाकिस्तानलाई अपसेट गर्न सक्ने उनले बताएकी छिन्।

खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन्। समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन् ।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) र पूजा महतो छन् टोलीमा डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन्।