सूर्यकुमार यादव बने भारतको टि–२०को कप्तान

19 Jul, 2024
Share:
117 Shares

भारतीय टि–२० टिमको कप्तानमा सूर्यकुमार यादव बनेका छन्। भारतलाई टि–२० विश्वकप दिलाएसँगै रोहित शर्माले सन्न्यास लिएपछि उनको स्थानमा बिसिसिआईले सूर्यकुमार यादवलाई नयाँ कप्तान बनाएको हो।

रोहितले सन्न्यास लिएपछि विश्वकपमा उपकप्तान रहेका अलराउन्डर हार्दिक पाण्ड्या भारतीय टिमको कप्तान बन्ने धेरैले अड्कले काटेका थिए। तर, बिसिसिआईले सूर्यकुमार यादवलाई रोजेको छ।

सूर्यकुमार यादवले गत वर्ष अस्ट्रेलिा र दक्षिण अफ्रिकाविरुद्धको टि–२० सिरिजमा भारतीय टिमको नेतृत्व गरेका थिए। भारतले दुवै सिरिज जितेको थियो।

नयाँ मुख्य प्रशिक्षक गौतम गम्भीरले सूर्यकुमार यदावको नेतृत्वमा श्रीलंका भ्रमणका लागि भारतीय टिमको घोषणा गरेका छन्। टिममा हार्दिक पनि हटाएका छन्, तर विश्वकपमा उपकप्तान रहेका उनलाई यो पटक उपकप्तानबाट पनि हटाइएको छ। उनको स्थानमा शुभमन गिललाई उपकप्तान बनाइएको छ।

भारतले श्रीलंकामा ३ खेलको टि–२० सिजिन खेल्नेछ। खेल २७, २८ र ३० जुलाईमा हुनेछ।

गम्भीरले घोषणा गरेको टिममा जिम्बाबे भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका ब्याट्सम्यानद्वय अविशेषक शर्मा र ऋतुराज गायकवाड स्थान बनाउन असफल भएका छन्।

यस्तो छ टिम : सूर्यकुमार यादव, शुभमन गिल, यशस्वी जैसवाल, ऋषव पन्त, रियान पराग, रिंकु सिंह, सञ्जु सामसन, हार्दिक पाण्ड्या, शिवम दुवे, अक्षर पटेल, वासिङ्टन सुन्दर, रवि विस्नोइ, अर्शदीप सिंंह, खलिल अहमद र मोहम्मद सिराज,