सम्झानाले बनाइन् एसिया कपमा अर्धशतक

19 Jul, 2024
Share:
117 Shares

श्रीलंकामा जारी वुमन एसिया कपमा नेपाली ओपनर सम्झना खड्काले अर्धशतक प्रहार गरेकी छिन्।

दाम्बुल्ला इन्टरनेशनल स्टेडियममा ११६ रनको लक्ष्य पछ्याएको नेपालका लागि सम्झानाले ३५ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक प्रहार गरिन्।

एसिया कपमा नेपाली टिमको यो पहिलो अर्धशतक हो। यअसघि २ प्रतियोगिता खेलेपनि नेपाली क्रिकेटरले अर्धशतक बनाउन सकेका थिएनन्।

सम्झनाको अर्धशतक मद्दतमा नेपाल एसिया कपमा पहिलो जितको नजिक पुगेको छ।