महिला एसिया कपमा नेपालले बलियो भारतसँग खेल्दै

23 Jul, 2024
Share:
117 Shares

श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज समूहको अन्तिम खेलमा बलियो भारतसँग खेल्दै छ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलंकाको डम्बुला मैदानमा हुनेछ।

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ। भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ। नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नैपर्ने दबाब छ।

समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्।

यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन। आजै अर्को खेलमा यूएईले पाकिस्तानको सामना गर्नेछ।

पाकिस्तान यूएईसँग पराजित भएर नेपाल भारतसँग विजयी भए नेपाल सेमिफाइनल प्रवेश गर्नेछ।