महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने

27 Jul, 2024

एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा पक्का भएको छ।

शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफानलमा भने श्रीलंकाले कठिन जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको पाकिस्तानले मात्र ४ विकेटको क्षतिमा दिएको १४१ रनको चुनौती एक बल बाँकी हुँदा श्रीलंकाले ७ विकेटको क्षतिमा १४१ रन बनाउँदै भेट्टाएको हो।

यता, पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपटको फाइनलमा नवौं पटक पुगिसकेको छ।

आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ। यो खेल आइतबार दिउँसो ३ः१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ।