इयान बेल बने श्रीलंकाको ब्याटिङ प्रशिक्षक

14 Aug, 2024
Share:
117 Shares

इंग्ल्यान्डका पूर्वब्याट्सम्यान इयान बेल श्रीलंकाको ब्याटिङ प्रशिक्षक बनेका छन्। श्रीलंकाले इंग्ल्यान्ड भ्रमणका लागि मात्र बेललाई ब्याटिङक प्रशिक्षक नियुक्त गरेको
हो।

इंग्ल्यान्ड भ्रमणमा श्रीलंकाले ३ खेलको टेस्ट सिरिज खेल्ने छ।

इंग्ल्यान्डका लागि १ सय १८ टेस्ट खेलेका ४२ वर्षे बेललाई अनुभवका आधारमा लिइएको श्रीलंका क्रिकेटले जनाएको छ ।

‘उनको अनुभव खेलाडीसँग बाँड्नुका साथै कन्डिसनका बारेमा पनि जानकारी गराउने भएकाले इयानलाई लिइएको छ,’ श्रीलंका क्रिकेटका प्रमुख अधिकृत एस्ली डी सिल्भाले भने, ‘यस्तो महत्त्वपूर्ण भ्रमणमा उनको अनुभवले हाम्रो टिमलाई सहयोग गर्ने विश्वास लिएका छौं ।’

श्रीलंका र इंग्ल्यान्डबीचको पहिलो टेस्ट अर्को बुधबारदेखि म्यानचेस्टर र बाँकी दुई टेस्ट लर्डस र ओभलमा हुनेछ।

अहिले श्रीलंकन टिमको मुख्य प्रशिक्षकमा सनथ जयसूर्या छन्। नयाँ प्रशिक्षक नआउँदासम्मका लागि उनलाई मुख्य प्रशिक्षक बनाइएको हो। उनको प्रशिक्षणमा श्रीलंकाले २ साताअघि मात्र भारतविरुद्ध एकदिवसीइ सिरिज जितेको थियो।