ब्रिज इन्टरनेसनलका ब्रान्ड एम्बेसडर बने सन्दीप लामिछाने

19 Aug, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने ब्रिज इन्टरनेसनल एजुकेसन कन्सलटेन्सीको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्।

सोमबार ब्रिजका प्रमुख भुवन गिरी र क्रिकेट सन्दीपले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।

कन्सलटेन्सीका प्रमुख गिरीका अनुसार सन्दीपसँगको सम्झौता दुई बर्षको लागि गरेको बताए । सन्दीप एम्बेस्टर बनाउन पाउँदा खुसी लागेको प्रमुख गिरीले बताए।

लामिछानेले सााईनिङ सेरीमोनीमा जोडिन पाउँदा एउटा राम्रो यात्रा सुरू भएको बताए। उनले ब्रिज ईन्टरनेसनलसँगको यो यात्रामा राम्रो गर्न सकिने अपेक्षा भएको बताए।

‘मिसिङ पाट जुन थियो, त्यो फेरि सुरुवात भएको छ । यो समयमा सबैले साथ दिनुभएको छ, ब्रिज ईन्टरनेसनलसँगको यो यात्रामा अझै आगामी दिनमा केही राम्रो गर्न सकिने छ भन्ने आसा गरेको छु,’ उनले भने।