सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

टि-२० विश्वकप खेलेका नेपाली खेलाडीलाई क्यानले प्राेसाहन स्वरूप जनही ३ लाख रुपैयाँ दिने

यसैवर्ष अमेरिका र वेस्टइन्डिजमा भएको टि–२० विश्वकप खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई नेपाल क्रिकेट संघ (क्यान)ले प्रोत्साहन भत्ता दिने भएको छ।

बिहीबार बसेको क्यानको कार्यसमिति बैठकले विश्वकप खेल्ने नेपाली टिममा रहेका क्रिकेटरलाई प्रोत्साह स्वरुप जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

विशवकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो। बैठकले विश्वकपमा नेपाली टिममा सपोर्ट स्टाफका रुपमा रहेकाहरुलाइृ जनही १ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको लामाले जनाए।

क्यानको बैठक प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने निर्णय गरेको छ। बैठकले प्रत्येक प्रदेशका २ महिला र ३ पुरुष खेलाडीलाई मासिक तलब दिने निर्णय गरेको हो। उनीहरुले मासिक १५ हजार रुपैयाँ पाउने छन्।

प्रदेश क्रिकेट संघले खेलाडीसँग सम्झौता गरेपछि पारिश्रमिक वापतको रकम क्यानले प्रदेश क्रिकट संघमा पठाउने छ। सम्झौता सेप्टेम्बर १ देखि १ वर्षका लागि लागू हुने बताइएको छ।

सेयर गर्नुहोस्

1.2KShares