पारस खड्काले लिजेन्ड्स लिग खेल्ने, साढे १२ लाख भारुमा बिके

29 Aug, 2024

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा सदस्य पारस खड्काले लिजेन्ड्स लिग खेल्ने भएका छन्।

टि–२० फर्म्याटमा भारतमा आयोजना हुने लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)का सचिव समेत रहेका पारसलाई गुजरात टिमले अबुन्धन गरेको हो।

पारसलाई गुजरातले अक्सनबाट १२ लाख ५० हजार भारुमा अनुबन्धन गरेको हो।

गुजरातमा पारससँगै केही दिनअघि मात्रै सन्न्यास लिए शिखर धवन, वेस्टइन्डिजका क्रिस गेल, लिन्डेल सिमोन्स, सेनन ग्याब्रियल, जेरेमी टेलर, इंग्ल्यान्डका लिअम प्लंकिड, अफानिस्तानका पूर्वकप्तान अस्गर अफ्गानलगायतलाई अनुबन्धन गरेको छ।

सेप्टेम्बर २० मा लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। खेल भारतको जोधपुर, जम्मु र सुरतमा हुनेछ।

प्रतियोगितको अघिल्लो सिजनको उपाधि हरभजन सिंहको कप्तानीमा रहेको मनिपाल टाइसर्गसले जितेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]