यू–१९ महिला विश्वकपको एसिया छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा

11 Sep, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी यू–१९ महिला विश्वकप एसिया छनोटका लागि प्रारभ्भिक टिम घोषणा गरेका छन्।

क्यानले बुधबार पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन्।

क्यानले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् ।

त्यस्तै, अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् ।

टि–२० विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा युएईमा हुने क्यानले जनाएको छ।