फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

19 Sep, 2024

फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार गरेको नयाँ अपडेट अनुसार नेपाल १ स्थान तल झर्दै १७६औं स्थानमा आइपुगेको छ।

तीन महिनायता कुनै पनि खेल नखेलेको नेपाल नेपाल यसअघि १७५औं स्थानमा थियो। नेपालले अन्तिम पटक गत जुन ११ यमनसँग खेलेको थियो।

दक्षिण एसियमा भारत शीर्ष स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ। भारत १२६औं स्थानमा छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औं स्थानमा छ।

चौथोमा रहेको भुटान १८४औं, पाँचौंमा रहेको १८६औं, छैटौंमा रहेको पाकिस्तान १९७औं र दक्षिण एसियाको पुछारमा रहेको श्रीलंका २००औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]