पारसले लेजेन्ड्स लिग नखेल्ने

22 Sep, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग नखेल्ने भएका छन्।

लिगका लागि गुजरातमा आबद्ध भएका पारसले व्यक्तिगत कारण देखाउँदै लिग नखेल्ने बताएका छन्।

करिब एक महिनाअघि भएको अक्सनमा गुजराजतले पूर्व अलराउन्डर पारसलाई १२ लाख ५ हजार भारुमा किनेको थियो।

क्यान र प्रदेशको वार्षिक साधरण सभा चलिरहेको र नेपाल प्रिमियर लिगमा व्यस्त भएकाले लेजेन्ड्स लिग खेल्न नपाउने बताएका छन्।

लेजेन्ड्स शुक्रबारदेखि राजस्थानको जोधपुरमा सुरु भएको छ।