सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

सकिबले लिए टि-२० र टेस्टबाट सन्न्यास

बंगलादेशी अलराउन्डर सकिब अल हसनले टि–२० र टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।

३७ वर्षीय सकिबले बिहीबार भारतविरुद्धको दोस्रो टेस्टअघिको प्रिम्याच कन्फ्रेन्समार्फत अन्तर्राष्ट्रिय क्रिकेटका दुई फर्म्याट टि–२० र टेस्टबाट सन्न्यासको घोषणा गरेका हुन्।

विश्व क्रिकेट उत्कृष्ट अलराउन्डर मध्ये एक सकिबले अब अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीयमा मात्र देखिनेछन्।

सकिबले टि–२० क्रिकेटबाट तत्काल र टेस्टबाट भने घरेलु मैदानमा हुने दक्षिण अफ्रिकाविरुद्धको सिरिज पछि सन्न्यास लिनेछन्।

सकिबले आफ्नो अन्तिम टेस्ट मिरपुरमा खेल्ने इच्छा व्यक्त गरेकाछन्। त्यदि त्यो सम्भव नभए भारतविरुद्धको दोस्रो टेस्ट आफ्नो जीवनको अन्तिम टेस्ट हुने उनले बताएका छन्।

सकिबले सन् २००७मा भारतविरुद्ध चटगाउँमा टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। त्यसयता उनले ७० टेस्टमा ४६ सय रन बनाएका छन् भने २४२ विकेट लिएका छन्।

यस्तै, उनले टि–२० क्रिकेटमा टेस्ट डेब्यूको एक वर्षअघि नै सन् २००६मा जिम्बाबेविरुद्ध डेब्यू गरेका थिए। करिअरमा उनले १२९ टि–२० खेलमा २५५१ रन बनाउनुका साथै १४९ विकेट पनि लिएका छन्।

सेयर गर्नुहोस्

1.2KShares