ब्याटिङमा नेपाल पुरानै रोग, पहिलो टि–२०मा क्यानडासँग पराजित

29 Sep, 2024

क्यानडामा खराब प्रदर्शन गरिरहेको नेपालले त्यसलाई निरन्तरता दिएको छ। शनिबारबाट सुरु भएको त्रिकोणात्मक टि–२० सिरिजमा पनि लिग–२कै ब्याटिङ फर्मलाई निरन्तरता दिएको छ।

शनिबार राति किङ सिटीमा खराब ब्याटिङ गरेको नेपाल क्यानडासँग १४ रनले पराजित भयो। पहिला ब्याटिङ गर्दै क्यानडाले दिएको १२४ रनको सामान्य लक्ष्य पनि नेपालले भेट्टाउट सकने।

नेपाल १९ ओभरमा १०९ रनमै अलआउट भयो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक २७ रन बनाए। उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै, कुशल मल्लले १२, देव खनालले ११ र सन्दीप लामिछानेले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंमा स्कोर बनाउन सकेनन्।

नेपालको इनिङ धरासी बनाउने क्रममा कलिम सानाले ४ विकेट लिए भने साद बिन जाफरले ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा १२३ रन बनाएको थियो। उसका लागि पुछारका ब्याट्म्यानले राम्रो योगदान गरेका थिए। उसका लािग जास बिन जाफरले १८ बलमा सर्वाधिक १३ रन बनाउँदा श्रेयस मोभाले २२, प्रविन कुमारले १९, अखिल कुमार र दिलप्रित बाज्वाले समान १४ रन बनाए।

बलिङमा नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले समान १ विकेट लिए।

यही खेलमार्फत रिजन ढकाल र देव खनालले टि–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका छन्।

त्रिकोणात्मक सिरिजका दोस्रो खेलमा नेपालले आज ओमानको सामाना गर्दैछ।