सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

टी–२० महिला विश्वकपमा न्युजिल्याण्डले भारतलाई हरायाे

टी २० महिला विश्वकपमा न्युजिल्याण्ड विजयी भएको छ। युएईमा जारी प्रतियोगितामा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो। बेट्सले २४ बलमा २७ रन बनाएपछि आउट भइन् भने प्लिमरले पनि ३४ रन बनाएर फर्किइन्। त्यसपछि ब्याटिङ गर्न आएकी एमिलिया केर र सोफी डिभाइनले इनिङ्सलाई अगाडि बढाए।

केर १३ रनमै आउट भइन् तर डिभाइनले अन्तिम ओभरहरूमा आक्रामक खेल्दै टोलिको स्कोर १६० रन बनाउन ठूलो योगदान गरिन्।

कप्तान डिभाइनले नटआउट ५७ रन बनाइन् । उनले ३६ बलमा ७ चौका प्रहार गरिन् । यसैगरी जर्जिया पिलिमरले २४ रन बनाँउदा सुजे बेट्सले २७ रनको योगदान गरिन्। भारतकी रिंकु सिंहले २ विकेट लिइन्।

१६१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको भारतले राम्रो सुरुवात गर्न सकेन । शफाली वर्मा, स्मृति मन्धाना र हरमनप्रीत कौर पावरप्लेमा नै आउट भए । भारतीय ब्याटरहरूले लगातार गलत शट खेल्दै विकेट सुम्पिए। भारतीय टोली ७५ रनमा ६ विकेट गुमाइसकेको थियो।

अन्ततः रोसमेरी माएरको ४ विकेटको बलिङ प्रदर्शनले भारतलाई १०२ रनमै समेटिन पुग्यो।

भारतका लागि कप्तान हरमनप्रित सिंहले सर्वाधिक १५ रन बनाउँदा जिमीमा रोड्रिगेज र दिप्ती शर्माले समान १३–१३ रन बनाए। स्मृति मन्धनाले १२ रन बनाउँदा रिचा घोसले पनि १२ रन नै बनाइन्।

सेयर गर्नुहोस्

1.5KShares