अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा

18 Oct, 2024
Share:
117 Shares

दक्षिण अफ्रिका दुबईमा जारी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १७.२ ओभरमा भेट्टायो

दक्षिण अफ्रिकाका लागि कप्तान लाउरा उल्भराड र अनाके बोस्कले दोस्रो विकेटका लागि ९६ रनको उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित दिलाए। बोस्कले अविजित रहँदै ४८ बलमा ७४ रन बनाइन् भन उल्भाराड ३७ बलमा ४२ रन बनाइन्।

बलिङमा अस्ट्रेलियाका अनेबल साउदरल्यान्डले २ विकेट लिइन्।

त्यसअघि पहिला ब्याटिङ गरेको अस्टे्रलियाले ५ विकेटको क्षतिमा १३४ रन बनायो। डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका लागि बेथ मोनीले ४२ बलमा ४४ र एलाइस पेरीले २३ बलमा ३१ रन जोडे। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

कसिलो बलिङ गरेका दक्षिण अफ्रिकाका कारिजेन काप तथा आयाकबोङवा खाकाले ४ ओभरमा २४ रन मात्र खर्चिए । खाकाले २ तथा कापले १ विकेट लिए।

दक्षिण अफ्रिकाले उपाधिका लागि न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको विजेतासँग खेल्ने छ ।