अमेरिकाविरुद्धको टि–२० सिरिजमा नेपालले गर्‍यो क्लिनस्विप

21 Oct, 2024

नेपालले अमेरिकाविरुद्धको टि–२० सिरिजमा क्लिनस्विप गरेको छ। नेपाली समयअनुसार सोमबार बिहान सकिएको तीन खेल सिरिजको अन्तिम खेलमा ८ विकेटको फराकिलो जित निकाल्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो।

यसअघि नेपालले पहिलो खेल १७ रनले जितेको थियो भने दोस्रो खेल सुपर ओभरमा जितेको थियो।

पहिला ब्याटिङ गर्दै घरेलु टोली अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपालका ओपनर आसिफ सेखले अर्धशतकीय योगदान दिए। उनले ३९ बलमा ५ चौका र २ छक्का मद्दतमा ५० रन बनाए।

यस्तै, कुशल मल्लले ३० बलमा ४ चौका र २ छक्का मद्दतमा ४४ रन बनाउँदा कुशल भुर्तेलल ३२ बलमा २ चौका र १ छक्का मद्दतमा ४० रन बनाए। अनिल शाहले १३ रन बनाए।

बलिङमा अमेरिकाका जोनी डार्सडाले र जसदीप सिंहले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। उससका लागि साइतेजा मुक्कामल्लले ५१ बलमा ५ चौका र २ छक्का मद्दतमा ६८ रन बनाउँदा मिलिन्द कुमारले ३५ बलमा ४ चौका मद्दतमा ४३ रन बनाए। अन्यले उल्लेख्य योगदान दिन सकेनन्।

बलिङमा नेपालका सोमपाल कामीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने रिजन ढलका र ललित राजवंशीले समान १ विकेट लिए।

सिरिजमा कुल ५ विकेट लिए सोमपाल कामी प्लेयर अफ दी सिरिज चुनिए। उनले दोस्रो खेल जिताउन सुपर ओभरमा उत्कृष्ट बलिङ गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]