अभ्यास खेलमा नेपालको खराब ब्याटिङ, अमेरिका ए ४ विकेटले पराजित

23 Oct, 2024
Share:
117 Shares

अमेरिकामा आईसिसी विश्वकप लिग–२को सिरिजका तयारी गरिरहेको नेपाली क्रिकेट टिम अभ्यासन खेलमा पराजित भएको छ।

मंगलबार राति भएको खेलमा खराब ब्याटिङ गरेको नेपाल अमेरिका ‘ए’सँग ४ विकेटले पराजित भयो।

नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ‘ए’ ले २३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। उसका नितेश रेड्डीले सर्वाधिक २९ रनको योगदान दिए।

ब्लिङमा नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालको ब्याटिङ २५.३ बलमा ८० रनमै कोल्याप्स भएको थियो।

नेपालका कुशल मल्लले सर्वाधिक १८ रन बनाउँदा देव खनालले १२, भीम सार्कीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालको इनिङ धरासायी बनाउने क्रममा अमेरिका ‘ए’का आरिन नदकर्नीले ४ विकेट लिए।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो।
अमेरिकामा शुक्रवारदेखि अमेरिका, नेपाल र स्कटल्यान्डबीच लिग–२को त्रिकोणात्मक एकदिवसीय सिरिज सुरु हुँदैछ।