एकैदिन जिम्बाबेले तोड्यो टि-२० आईमा नेपालको २ विश्व कीर्तिमान

23 Oct, 2024
Share:
117 Shares

टि–२० अन्तर्राष्ट्रिय नेपालको नाममा रहेको दुई विश्व कीर्तिमान जिम्बाबेले एकै दिन तोडेको छ। गत वर्ष एसियन गेम्समा नेपालले बनाएको सर्वाधिक रन र फराकिलाे अन्तरकाे जितकाे कीर्तिमान जिम्बाबेले बुधबार तोडेको छ।

एसियन गेम्समा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै विश्व कीर्तिमान बनाएको थियो। जिम्बाबेले बुधबार टि–२० विश्वकपको दक्षिण अफ्रिका क्षेत्रीय छनोटमा गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै नेपालको कीर्तिमान तोडेको हो।

कीर्तिमानी लक्ष्य पछ्याएको गाम्बिया १४.४ ओभरमा ५४ रनमै अलआउट गर्दै जिम्बाबे २९० रनको कीर्तिमानी जित निकाल्यो। यो टि–२० आईको सर्वाधिक ठूलो अन्तरको जित हो। यसअघि यो कीर्तिमान नेपालको नाममा थियो। नेपालले मंगोलियालाई २७३ रनको अन्तरले हराएको थियो।

खेलमा जिम्बाबेका कप्तान सिकन्दर राजाले राजाले ४३ बल खेल्दै ७ चौका र १५ छक्का मद्दतमा नटआउट १३३ रन बनाए। यस्तै, ताडिवानासे मारुमानीले १९ बलमा ६२, क्लाइभ माडान्डेले १७ बलमा ५३ रन बनाउँदा ब्रायन बेन्नेटले २६ बलमा ५० रन बनाए।