यू-१९ महिला विश्वकप छनोटमा नेपालले युएईसँग खेल्दै, नेपाल जित्नैपर्ने दबाबमा

13 Nov, 2024
Share:
117 Shares

यू–१९ महिला टि–२० विश्वकप छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ। युएईमा जारी छनोटको अन्तिम खेलमा नेपालले आज बलियो युएईको सामाना गर्दैछ।

नेपाल र युएईबीचको खेल दुबईमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ। घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल जित्नैपर्ने दबाबमा हुनेछ।

४ टिम सहभागी डबल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा यो खेल विश्वकपमा पुग्न निर्णायक हो। आजको खेल जिते नेपाल विश्वकपमा पुग्ने छ, अन्यथा छनोटमै रोकिने छ।

शतप्रतिशत जितसहित युएई प्रतियोगिताको शीर्ष स्थानमा छ। नेपाल ४ जितसहित दोस्रो स्थानमा छ। प्रतियोगितामा नेपाल युएईसँग मात्र पारजित छ।

आज नेपालले युएईलाई रनरेट सुधार गर्दै हराउनु पर्नेछ। त्यसैले नेपाल केही दबाबमा हुनेछ।

त्यसैले युएईलाई हराउँदै पहिलो पटक यू–१९ टि–२० महिला विश्वकप खेल्ने बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ।