युएईले दियो नेपाललाई ८४ रनको लक्ष्य, विश्वकप खेल्ने १६.२ ओभरमा खेल जित्नुपर्ने

13 Nov, 2024
Share:
117 Shares

यू–१९ टि–२० महिला विश्वकप छनोटको अन्तिम तथा निर्णायक खेलमा नेपालले जितका लागि ८४ रनको लक्ष्य पाएको छ।

दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाउँदै नेपाललाई ८४ रनको लक्ष्य दिएको हो।

यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रन्जितले २० रनको योगदान दिइन्।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् भने रिया शर्मा र सीमा केसीले समान २ विकेट लिए।

८४ रनको लक्ष्य १६.२ ओभरमा पुरा गर्न सके नेपाल पहिलो पटक यू–१९ महिला विश्वकपका लागि छनोट हुनेछ। यस्तै अवस्थामा नेपालले रनरेटका आधारमा युएईलाई नै पछि पार्ने छ।