विश्वकपमा छनोट भएके यू–१९ महिला टोली स्वदेश फर्कँदै, विमानस्थलमा भव्य स्वागतको तयारी

14 Nov, 2024
Share:
117 Shares

नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ।

युएईमा भएको एसिया छनोटको उपाधि जित्दै यू–१९ महिला टि–२० विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली टिम आज स्वदेश फर्कन लागेको हो। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुनेछ।

यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। उनले टोलीलाई विमानस्थलमा स्वागतका लागि तयारी छ।

युएईमा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो।

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो। त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ।

एसिया कपमा नेपालसहित ६ टोलीको सहभागिता रहने छ ।

एसियाली क्रिकेट परिषद् ९एसिसी० अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन्।

नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ।