सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

यू–१९ महिला विश्वकपमा छनोट भएको नेपाली टिमलाई जनही साढे २ लाख दिने क्यानको घोषणा

पहिलो पटक यू–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली महिला क्रिकेट टिमका सदस्यलाई नेपाल क्रिकेट संघ (क्यान)ले नगदसहित सम्मान गर्ने भएको छ।

क्यानले बिहीबार विज्ञप्ति निकाल्दै टिमका सदस्यलाई जनही साढे २ लाख रुपैयाँसहित सम्मान गर्ने जनाएको छ। यस्तै, टिम अफिसियललाई साढे १ लाख रुपैयाँ प्रदान गर्ने क्यानले जनाएको छ।

बुधबार साँझ सम्पन्न एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल अर्को वर्ष मलेसियामा हुने विश्वकपका लागि छनोट भएको हो।

नेपाली महिला टोली आज स्वदेश फर्कँदै छ।

सेयर गर्नुहोस्

1.3KShares