यु–१९ एसिया कपमा नेपालले श्रीलंकासँग खेल्दै

29 Nov, 2024

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने प्रतियोगिताको पहिलो खेल शुक्रबार नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन्।

नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ।

सेमिफाइनल मंसिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]