एसिसी यू–१९ एसिया कपको उद्घाटन खेलमा नेपाल पराजित भएको छ। शुक्रबार सारजाहमा भएको खेलमा नेपाल श्रीलंकासँग ५५ रनको फराकिलो अन्तरले पराजित भयो।
पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमै अलआउट भयो।
नेपालका लागि ओपनर मयन यादवबाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्। मयनले उनले ९० बलमा ३ चौका र २ छक्का प्रहार गरी ६१ रन बनाए।
अर्का ओपनर आकाश त्रिपाठीले ३३ बलमा ३ चौका हानेर १९ रन बनाउँदा उत्तम मगरले १७ र नरेन साउदले १६, अर्जुन कुमाल र नरेन भट्टले समान १२ रन बनाउँदा सन्तोष यादवले ११ बनाए।
बलिङमा श्रीलंकाका प्रविन मनिषाले सर्वाधिक तीन विकेट लिए भने कुगाडस मथुलान र विहास थ्युमिकाले समान २ विकेट लिए।
त्यसअघि टस जितेर हारेर पहिला ब्याटिङ गरेको श्रीलंका अन्तिम बलमा २३३ रनमा अलआउट भयो।
उसका लागि सरुजन सन्मुगनाथनले सर्वाधिक ६२ रन बनाए। उनले ९९ बल खेल्दै २ चौका प्रहार गरे। यस्तै, लकविन अभेसिंगले ५३ बलमा २ चौका र १ छक्का मद्दतमा ५० रन बनाए।
यस्तै, अन्तयतिर कविजा गमागेले ४४ बलमा ३७ रन बनाउँदा दुलनिथ सिगेरा र विमथ दिन्साराले समान २४ रन बनाए।
बलिङमा नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए भने युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले सामान १ विकेट लिए।
समूह बी मा रहेको नेपालले दोस्रो खेल बंगलादेशविरूद्ध आइतबार खेल्नेछ।