इंग्लिस प्रियिमर लिगमा आर्सनलले पराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले वेस्टह्याममाथि ५–२को जित निकाल्यो।
खेलमा आर्सनलका लागि फरक ५ खेलाडीले गोल गरे। उसका लागि ग्याब्रियल मागालेस, लियोद्रो ट्रोसाड, मार्टिन ओडेगार्ड, काइ हाभर्ट्ज र बुकायो साकाले गोल गरे। वेस्टह्यामका लािग आरोन वान विसाका र इमर्सन पाल्मिएरीले गोल गरे।
सातै गोल पहिलो हाफमै सम्भव भएको थियो।
१०औं मिनेटमा ग्याब्रियलको गोलमा आर्सनलले अग्रता लियो। त्यसपछि २७औं मिनोटमा ट्रोसार्ड, ३४औं मिनेटमा पेनाल्टी ओडेगार्डले गोल गरेपछि आर्सनले ३–०को अग्रता लियो। लगत्तै ३६औं मिनटमा हाभर्ट्जले गोल गर्दै खेललाई ४–०को अवस्था ल्याए।
३८औं मिनेठमा विसाका र ४०औं मिनेटमा इर्मसनले गोल गर्दै वेस्टह्यामलाई खेलमा फर्काउने प्रयास गरे। तर, इन्जुरी सायको पाँचौं मिनेटमा साकाले पेनाल्टीमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा ५–२को अग्रता लियो।
पहिलो हाफमा ७ गोल भएको खेलमा दोस्रो हाफमा भने कुनै गोल हुन सकेन र आर्सनले विजयी भयो।
यो जितपछि आर्सनल १३ खेलमा २५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। ३१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ भने २३ अंकसहित ब्राइटन तेस्रो स्थानमा छ। लिभरपुलले १ खेल कम खेलेको छ।
अन्य खेलमा बोर्नेमाउथले वुल्भ्सलाई ४–२ले हरायो भने क्रिस्टल प्यालेस र न्युकासलले १–१ गोलको बराबरी खेले।