एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी

2 Dec, 2024

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा रियलले गेटाफेमाथि २–०को जित निकाल्यो।

रियलको जितमा किलियन एम्बापप्पे र जुड बेलिङ्घमले गोल गरे।

खेलमा ३०औं मिनेटमा बेलिङ्घमले गोल गर्दै रियललाई अग्रता दिलाए। रुडिगरलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा बलिङ्मले गोल गरे।

त्यसको ८ मिनेटपपछि नै बेलिङ्घमै पासमा एम्बाप्पेले रियलको अग्रता दोब्बर बनाए। त्यसपछि एम्बाप्पे खेलका गोलका राम्रो पाएपनि त्यसलाई सदुपयोग भने गर्न सकेनन्। थप गोल नहुँदा रियल २–०ले विजयी भयो।

यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी १ अंकमा झारेको छ। रियलले १ खेल कम खेलेको छ। १४ खेलमा रियलले ३३ अंक छ भने बार्सिलोनाको ३४ अंक छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]