सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

यू–१९ एसिया कप : नेपालको उत्कृष्ट बलिङ, अफगानिस्तान १२३ रनमा अलआउट

यू–१९ एसिया कपको समूहको अन्तिम खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। सारजाहमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफानिस्तानलाई उत्कृष्ट बलिङ गर्दै नेपालले १२३ रनमै रोकेको छ।

अफगानिस्तानका लागि फैजल सिनोजदाले अर्धशतक बनाए। उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

बलिङमा नेपालका लािग सन्तोष यादव र युनिस ठकुरीले समान ३ विकेट लिँदा कप्तान हेमन्त धामी र अविशेक तिवारीले समान २ विकेट लिए।

यो खेल अघि नै नेपाल र अफागनिस्तान दुवै प्रतियोगिताबाट बाहिरिसकेका छन्। दुवै टिम सुरुआती २ खेलमा बंगलादेश र श्रीलंकासँग पराजित भएका छन्।

सेयर गर्नुहोस्

1.3KShares