यू–१९ एसिया कपमा नेपालको सुखद् अन्त्य, अफगानिस्तानलाई १ विकेटले हरायो

3 Dec, 2024

युएईमा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले सुखद् अन्त्य गरेको छ। मंगलबार सारजाहमा भएको भएको समूहको अन्तिम खेलमा नेपालले फगानिस्तानलाई १ विकेटले हराउँदै प्रतियोगिताको सुखद् अन्त्य गरेको हो।

समूह बीमा रहेका नेपाल र अफगानिस्तान यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए। दुवैले सुरुआती २ खेल गुमाएका थिए। यो समूहका श्रीलंका विजेता र बंगलादेश उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका छन्।

अफगानिस्तानले दिएको १२४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाउँदा कप्तान हेमन्त धामीले २२ र अर्जुन कुमालले २१ रनको योगदान दिए। नवौं विकेटका लागि हेमन्त र नरेनले ३१ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपालको जित सम्भव भयो।

सानो लक्ष्यमा पनि नेपाललाई दबाबमा राख्ने क्रममा अल्लाह गजानफर र खतिर स्तानिकजाइले समान ३ विकट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको ब्याटिङ गरेको अफानिस्तान ३५.४ ओभरमा १२३ रनमै अलआउट भएको थियो।

अफगानिस्तानका लागि फैजल सिनोजदाले अर्धशतक बनाए। उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

बलिङमा नेपालका लािग सन्तोष यादव र युनिस ठकुरीले समान ३ विकेट लिँदा कप्तान हेमन्त धामी र अविशेक तिवारीले समान २ विकेट लिए।