यू-१९ महिला एसिया कपमा पाकिस्तानविरुद्ध १०५ रनको लक्ष्य पछ्याउँदै नेपाल

16 Dec, 2024
Share:
117 Shares

मलेसिायमा जारी यू–१९ महिला एसिया कपमा नेपालले अहिले पाकिस्तानसँग पहिलो खेल खेलिरहेको छ।

जारी खेलमा नेपालले १०५ रनको मध्यम लक्ष्य पछ्याइहेको छ। ताजा अवस्थामा नेपालले १० ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ४० रन बनाएको छ।

पाकिस्तानलाई सस्तैमा समेटेको नेपाललाई जित निकाल्ने मौका छ। आज जित निकाले नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने छ। पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तान आज हारे प्रतियोतिगाबाट बाहिरिने छ।

नेपालका लागि कप्तान पुजा महतो र उपकप्तान सोनी पाख्रिन क्रिजमा छन्। पुजाले १० र सोनीले ५ रन बनाएका छन्। त्यसअघि साना प्रविनले १० र सावित्री धामीले ८ रन बनाएका थिए।

पहिला ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो। उसका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाउँदा मोहम अनिसले २९ रन बनाएकी थिइन्।

पाकिस्तानलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि कप्तान पुजाले २ तथा रचना चौधरी, रिया शर्मा र सिमना केसीले समान १ विकेट लिएका थिए।