नेपालले दियो भारतलाई ९५ रनको सामान्य लक्ष्य

17 Dec, 2024

मलेसियामा जारी यू–१९ एसिया कपको दोस्रो खेलमा नेपालले भारतलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ।

बायुमासा ओभलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन्। उनले ४० लबमा ३ चौका प्रहार गरिन्। यस्तै, अलिसाकुमारी यादवले ९ बलमा ४ चौका प्रहार गर्दै २० रन बनाउँदा अन्यले भने दोहोरो अंकमा स्कोर बनान सकेनन्।

नेपाललाई सस्तैमा रोक्ने क्रममा भारतका परुनिका सिसोधियाले ४ विकेट लियने भने अनन्दिता किशोर र मिथिलाले समान १ विकेट लिए।

समूह एबाट भारत र नेपाल दुवै सुपर फोरमा प्रवेश गरिसकेका छन्। यो खेलले समूहको विजेता र उपविजेता मात्र टुंग्याउने छ। भारत र नेपाल दुवैले पाकिस्तानलाई हराएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]