आविश्नले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

18 Dec, 2024
Share:
117 Shares

चर्चित भारतीय स्पिनर रविचन्द्रन आविश्वनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। बुधबार ब्रिस्बेनमा सकिएको अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट लगत्तै आविश्नले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्।

ब्रिस्बेन टेस्ट बराबरीमा सकिएलगत्तै पोस्टम्याच कन्फ्रेन्समा कप्तान रोहित शर्मासँगै आएका आश्विनले तत्कालै लागू हुनेगरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्।

सन्यासको घोषणा गर्दै उनले यो अन्तर्राष्ट्रिय स्तरमा भारतीय क्रिकेटरका रुपमा आफ्नो अन्तिम दिने हुने बताए। आविश्वक भोलि नै टिम छाडेर भारत फर्कने छन्।

उनले अन्तिम पटक एडिलेडमा भएको पिंक टेस्ट खेलेका थिए। ब्रिस्बेन टेस्टमा भने उनको स्थानमा रविन्द्र जडेजा टिममा परेका थिए।

‘यो अन्तर्राष्ट्रिय स्तरमा भारतीय क्रिकेटरको रूपमा मेरो अन्तिम दिन हुनेछ,’ आश्विनले ब्रिसबेन टेस्टपछि आयोजित प्रेस कन्फरेन्समा भने, ‘मलाई लाग्छ, क्रिकेट खेलाडीको रूपमा मेरो भित्र अझै केही ऊर्जा बाँकी छ, तर म त्यसलाई क्लब स्तरको क्रिकेटमा प्रदर्शन गर्न चाहन्छु। तर भारतका लागि यो मेरो अन्तिम दिन हुनेछ।’

३८ वर्षीय आश्विन भारतका लागि टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने सूचीमा दोस्रो स्थानमा छन्। उनले टेस्ट क्रिकेटमा १०६ टेस्टबाट ५३७ विकेट लिएका छन्। उनले ८ पटक खेलमा १० विकेटसमेत लिएका छन्। उनीभन्दा अघि अनिल कुम्बले छन्। उनी टेस्ट क्रिटेकरको अलराउन्डर वरियतामा दोस्रो स्थानमा छन्।

उनले टेस्टमा ६ शतक र १४ अर्धशतकसहित ३५०३ रन बनाएका छन्।

‘मैले धेरै रमाइलो गरेको छु। मैले रोहित (शर्मा) र मेरा धेरै अन्य टोलीका साथीहरूसँग धेरै सम्झनाहरू सिर्जना गरेको छु। यद्यपि म तीमध्ये केहीलाई पछिल्लो केही वर्षमा भारतको टोलीबाटे गुमाएको छु,’ उनले भने, ‘हामीलाई पुराना खेलाडीहरूको अन्तिम समूह भन्न सकिन्छ, जो अझै ड्रेसिङ रूममा बाँकी छ। र मैले यो दिनलाई मेरो यो स्तरमा खेलेको अन्तिम दिनको रूपमा चिनाउने छु।’

आवश्विनले भारतका लागि ११६ एकदिवसीय र ६५ टि–२० खेल पनि खेलेका छन्। जसमा उनले एकदिवसीयमा १५६ विकेट र ७०७ रन बनाएका छन् भने टि–२०मा ७२ विकेटसँगै १४८ रन बनाएका छन्।

उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटका सहकर्मी, प्रशिक्षकलगायत सबैलाई धन्यवाद दिए।

‘स्पष्ट रूपमा, धेरैजनालाई धन्यवाद दिनु पर्ने हुन्छ, तर यदि मैले बिसिसिआई र मेरा टोलीका साथीहरूलाई धन्यवाद दिएन भने मैले मेरो कर्तव्य निभाउन असफल हुनेछु,’ आविश्वनले पोस्टम्याच कन्फ्रेन्समा भने, ‘धेरै साथीहरूलाई धन्यवाद दिन चाहन्छु। म केहीको नाम लिन चाहन्छु। यस यात्रामा सहभागी सबै प्रशिक्षकहरूलाई धन्यवाद। सबैभन्दा महत्त्वपूर्ण, रोहित, विराटे, अजिंक्य, चेतेश्वरे पुजारालाई धन्यवाद, जसले उत्कृष्ट क्याच लिँदै मलाई यी वर्षहरूमा धेरै विकेट लिन मद्दत गरे।’

साथै उनले अस्ट्रेलियन क्रिकेट टिमलाई पनि धन्यवाद दिए। उनले निकै कडा प्रतिस्पर्धा प्रदान गरेको भन्दै अस्ट्रेलियाविरुद्ध खेल्दा निकै मजा लिएको बताए।