सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

बंगलादेशलाई हराए नेपाल यू-१९ महिला एसिाया कपको फाइनल पुग्ने

पहिलो पटक एसिसी यू–१९ महिला एसिया कप खेलिरहेको नेपाल सामू फाइलन पुग्ने सुनौलो अवसर छ।

समूहमा दोस्रो हुँदै सुपर फोरमा पुगेको नेपालले भोलि सुपर फोरको अन्तिम खेलमा बंगलादेशसँग खेल्दैछ। दिउँसो ११ः४५ बजे मलेसियाको बायुमास ओभलमा सुरु हुने खेलमा बंगलादेशलाई हराउँदै सके नेपाल फाइनल पुग्ने छ।

त्यस्तो हुन सके नेपालले उपाधिका लागि भारतसँग खेल्नेछ। भारत बिहीबार भएको खेलमा बंगलादेशलाई हराउँदै फाइनल पुगिसकेको छ।

समूह चरणमा नेपालले पाकिस्तानलाई हराएको थियो भने भारतसँगको खेल वर्षाले रद्द भएपछि अंक बाँडेको थियो। त्यसको फाइदा नेपाललाई छ।

सुपर फोरमा नेपालको खेल आज श्रीलंकासँग थियो। खेल वर्षका कारण रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन्।

योसँगै नेपालले सुपर ओभरमा समूह चरणको ३ र श्रीलंकासँगको १ गरी कुल ४ अंक जोडेको छ। ४ अंक नै जोडेको बंगलादेशसँग रनरेटमा पछि पर्दै नेपाल तेस्रो स्थानमा छ।

भोलिको खेल वर्षाका कारण हुन नसके रनरेटमा अघि रहँदै बंगलादेश फाइनल पुग्ने छ।

सेयर गर्नुहोस्

1.1KShares