पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफी आइब्रिड मोडलमा आयोजना हुने भएको छ। प्रतियोगिता आगामी फ्रेब्रुअरीमा आयोजना हुनेछ।
पाकिस्तान जान भारतले अस्वीकार गरेपछि प्रतियोगितामा आइब्रिड मोडलमा हुन लागेको हो। जसअनुसार भारतका सबैखेल दुबईमा हुनेछ भने अन्य खेल लाहोरमा हुनेछ।
भारत फाइनल पुगे फाइनल पनि दुबईमा हुनेछ भने अन्यथा लाहोरमा हुनेछ।
प्रतियोतिगामा समूह एमा आयोजक पाकिस्तानसँगै भारत, बंगलादेश, न्यूजिल्याण्ड रहेका छन् भने समूह बीमा अफगानिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्याण्ड छन्।
प्रतियोगितामा फेब्रुअरी १९बाट सुरु हुनेछ। लाहोरमा हुने उद्घाटन खेल कराँचीमा पाकिस्तान र न्युजिल्यान्डबीच हुनेछ। भारत र पाकिस्तानबिचको बहुचर्चित भीडन्त दुबइृमा फेब्रुअरी २३ मा हुनेछ।
यस्तै, फेब्रुअरी २० भारत र बंगलादेशबीचको खेल दुबईमा हुनेछ भने २१ फेब्रुअरीमा कराँचीमा दक्षिण अफ्रिका र अफगानिस्तान भीड्ने छन्। यस्तै, २२ फेब्रुअरीमा अष्ट्रेलिया र इंग्ल्याण्डको लाहोरमा हुँदा २४ फेब्रुअरीमा न्युजिल्याण्ड र बंगलादेश रावलपिन्डीमा भीड्ने छन्।
यस्तै, २५ फेब्रुअरी रावलपिन्डीमै अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल हुने छ भने २६ फेब्रुअरीमा लाहोरमा अफगानिस्तान र इंग्ल्याण्ड भीड्ने तालिका छ।
२७ फेब्रुअरीमा आयोजक पाकिस्तानले रावलपिन्डीमा बंगलादेशको सामाना गर्दा २८ फेब्रुअरीमा लाहोरमा अष्ट्रेलिया र अफगानिस्तानबीचको खेल हुनेछ। १ मार्चमा कराँचीमा दक्षिण अफ्रिका र इंग्ल्याण्ड, २ मार्च दुबईमा भारत र न्यूजिल्याण्ड समूह चरणको अन्तिम खेलमा भीड्ने छन्।
प्रतियोगिताको सेमिफाइनल मार्च ४ र ५मा दुबई र लाहोरमा हुने छ भने फाइनल मार्च ९मा लाहोर या दुबईमा हुनेछ।
च्याम्पियन्स ट्रफी ८ वर्षपछि हुन लागेको हो। सन् २०१७मा भारतलाई हराउँदै पाकिस्तानले उपाधि जितेको थियो।