४ वर्षपछि बुमराहले खाए छक्का

26 Dec, 2024
Share:
117 Shares

टेस्ट क्रिकेटमा डेब्यू गरिरहेका १९ वर्षीय युवा अस्ट्रेलियन ब्याट्सम्यानले साम कोन्सटासले विश्व क्रिकेटका नम्बर १ बलर जस्प्रित बुमराहविरुद्ध आक्रामक ब्याटिङ गरेका छन्।

सिड्नीमा जारी टेस्टका पहिलो इनिङमा अर्धशतक बनाएका कोन्सटसले बुमराहको बलमा छक्का प्रहार गरेका थिए। त्यो ओभरमा छक्कासहित उनले बुमराहलाई १८ रन प्रहार गरेका थिए।

टेस्ट क्रिकेटमा बुमराहले ४ वर्षपछि छक्का खाएका हुन्। पछिल्लोपटक २०२१ मा अस्ट्रेलियाकै क्यामरुन ग्रिनले बुमराहविरुद्ध टेस्ट खेलमा छक्का हानेका थिए । यो चार वर्षमा ७४७ ओभर बलिङ गर्दा उनलाई कसैले छक्का प्रहार गर्न सकेका थिएनन्।

ओपनिङमा आएका उनले ६५ बलमा ६० रन बनाएका थिए।

पहिलो दिनको खेलसकिँदा अस्ट्रेलिया ३११–६को अवस्थामा छ। उसका स्टिभ स्मिथ ६८ र प्याट कमिन्स ८ रनमा क्रिजमा छन्। उसका सुरुआती ४ खेलाडीले अर्धशतक बनाएका छन्।