एलिट कपमा बागमतीको कप्तानी सन्दीपले गर्ने, नन्दन, प्रतिश, रिजन र इशान पनि टिममा

26 Dec, 2024
Share:
117 Shares

आसन्न मल्टिडे प्रतियोगितामा एलिट कप क्रिकेटमा बागमती प्रदेशको कप्तान सन्दीप लामिछानेले गर्ने भएका छन्।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहँदै एलिट कपका लागि छनोट भएको बागमतीले सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो। सन्दीपले पिएम कप भने खेलेका थिएनन्।

क्यानले दुई दिवसीय एलिट कपको तालिका सार्वजनिक गरेलगत्रै बागमती प्रदेश क्रिकेट संघले सन्दीपको कप्तानमा १८ सदस्यीय टिम घोषणा गरेको हो।

टिममा सन्दीपसँगै रिजन ढकाल, प्रतिश जिसी, सूर्य तामाङ, इशान पाण्डे, नन्दन यादव, प्रतिक श्रेष्ठ जस्ता स्टार खेलाडी छन्।

पुस २१ गतेबाट जनकपुर र पर्सामा हुने प्रतियोगितामा बागमतीले पुस २१ र २२मा मधेश प्रदेशसँग खेल्ने छ भने पुस २४ र २५मा त्रिभुवन आर्मी क्लब र पुस २७ र २८ गते नेपाल पुलिससँग खेल्ने छ। तीन वटै खेल नजकपुरमा हुनेछ।

बागमती टिम : सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापामगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, रोविन जोशी, शुभ कंशकार, रोहन विक, अशोक पौडेल, सूर्यंशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलक राजभण्डारी, दयानन्द मण्डल।