क्यानले प्रशिक्षक मोन्टी देसाईलाई हटाउने !

27 Dec, 2024
Share:
117 Shares

नेपाललाई एकदिवसीय मान्यता दिलाउन, एकदिवसीय विश्वकप छनोटमा पु¥याउन, टि–२० विश्वकप र एसिया कप खेलाएका राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नहुने भएको छ।

पछिल्लो समय आईसिसी विश्वकप लिग २मा नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि नेपाल क्रिकट संघ (क्यान)ले देसाईको सम्झौता नवीकरण गर्ने तयारी थालेको हो।

देसाईको सम्झौता अवधि नवीकरण नगर्ने सम्बन्धमा क्यानभित्र आन्तरिक छलफल भइरहेको छ। यस विषयमा क्यान सचिव पारस खड्काले पदाधिकारीहरुसँग अनौपचारिक छलफल गरेको बताइएको छ।

सम्झौता नवीकरण नहुने विषयमा प्रशिक्षक देसाईसँग पनि छलफल भइसकेको क्यान स्रोतले जनाएको छ। यसको औपचारिक निर्णय क्यानको बोर्ड बैठकले गर्ने छ।

मोन्टी देसाई ०७९ माघमा नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

नेपाललाई एकदिवसीय मान्यता, एकदिवसीय विश्वकप छनोट, टि–२० विश्वकप र एसिया कपमा पु¥याएका मोन्टी पछिल्लो समय दबाबमा छन्। विश्वकप लिग–२मा नेपालले १२ खेलमा २ खेल मात्र जितेपछि उनको आलोचना हुन थालेको छ।